तस्वीरमा हेर्नुहोस् चोभारस्थित सुख्खा बन्दरगाह
- पुस ३, २०८१
- 0
व्यवसायिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाहले सेवा थालेको साढे दुई वर्ष पुगेको छ । तर, पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।
चालू आर्थिक वर्षमा चोभार सुख्खा बन्दरगाहमा ३९ करोड ४५ लाख ३० हजार रुपैयाँ बराबरको आयात भएको भन्सार विभागले जनाएको छ ।
विश्व बैंकको एक अर्ब ५४ करोड ऋण सहयोगमा निर्माण भएको बन्दरगाह काठमाडौंका व्यवसायीको आयात तथा निर्यात सहजीकरणका लागि सञ्चालनमा ल्याइएको हो ।
दुई सय २० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा पाँच सय ट्रक वा कन्टेनर पार्किङ गर्ने क्षमता छ । तर काठमाडौं–तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा चल्ने सम्भावना भने न्यून देखिएको स्थानीयको बुझाइ छ ।
यतिबेला चोभार सुख्खा बन्दरगाहमा कन्टेनर, ट्रक तथा कार गरेर छ सयभन्दा बढी छन् ।
0 प्रतिक्रिया
राष्ट्रपतिद्धारा भारत र मलेसियाका राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम […]
फ्रि भिसा फ्रि टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भएका छन् : मन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले फ्रि भिसा फ्रि टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भएको बताएका छन् […]
‘कतारको राष्ट्रिय दिवस यहाँका जनताको बफादारी, ऐक्यबद्धता र गौरवको वार्षिक स्मरण पनि हो’
कतारको इतिहासमा राष्ट्रिय दिवसको ठूलो महत्व छ । राष्ट्रिय दिवसलाई कतारमा संस्थापक दिवस पनि भनिन्छ । सन् १८७८ मा […]
प्रधानमन्त्रीसँग युएइका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गरेका छन् […]
पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्र अगाडि नसरेसम्म विकल्प नभएको बताएका छन् […]