यू-१९ एसिया कप : आज नेपाल भारतसँग भिड्दै
- पुस २, २०८१
- 0
एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा आज नेपाल भारतसँग भिड्दै छ ।
खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।
हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको थियो ।
प्रतियोगितामा एशियाका ६ टोली सहभागी छन् । जसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् ।
आजको खेलपछि नेपालले सुपर ४ मा समूह ‘ए’को शीर्ष दुई टोलीसँग खेल्नेछ ।
0 प्रतिक्रिया
शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन् । मंगलबार ललितपुर महानगरपालिकाको […]
रात्रिकालिन उडानको सुरुवातले सम्भावनाको ढोका खोलेको छ : महानिर्देशक अधिकारी
नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीले राजविराजको रात्रिकालिन उडानको सुरुवातले सम्भावनाको ढोका खोलेको बताएका छन् । राजविराजको रात्रिकालिन उडानको […]
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज आठौँ पटक म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइँदैछ । लामिछानेलाई हिरासतमा […]
जसपा नेपालले तय गर्यो अधिवेशनको कार्यतालिका
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश तहदेखि जिल्ला र स्थानीय तहसम्मको अधिवेशनका लागि कार्यतालिका तय गरेको छ । मंसिर २८ […]
राजविराजमा सुरु भएको रात्रिकालिन सेवाले अर्थतन्त्रको विकासमा टेवा पुग्ने छ : मन्त्री पाण्डे
सप्तरीको राजविराज विमानस्थलबाट रात्रिकालिन उडान सुरु भएको छ । रात्रिकालिन उडान सेवाका लागि आवश्यक पर्ने विभिन्न उपकरण जडान गरिएसँगै बुद्ध […]