सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले हरायो, प्लेअफ समिकरण पूरा

news-details

नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको छ ।

कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ‌ओभरमा ४ विकेट गुमाएर १०५ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३८, सैफ जेव ११, विनोद भण्डारी ४, ब्राण्डन म्याकमुलेन तीन रन बनाएर आउट भए ।

कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान एकरएक विकेट लिए ।

टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले सबै विकेट गुमाएर १०१ रन बनाएको थियो ।

कर्णालीका लागि जिसन मक्सुद ३०, विलियम बसिस्टो १६, बाबर हायात १३, चाडविक वाल्टनज ११, सोमपाल कामी ११, देव खनाल सात, गुलशन झा दुई, विपिन शर्मा, नन्दन यादव र रित गौतम शून्यमा आउट भएका थिए ।

सुदूरपश्चिमका लागि हर्मित सिंह तीन, स्कट कुगेलेइन दुई, सैफ जेव र कप्तान ऐरीले समान एक-एक विकेट लिएका थिए ।

लिग चरणको २८ खेल सकिदा सुदूरपश्चिम १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । दोस्रो स्थानको जनकपुर बोल्ट्सले १० अंक जोड्यो। चितवन राइनोज ८ अंकसहित तेस्रो हुँदा अन्तिम खेलमा पराजित भएको कर्णाली ८ अंक जोडेर चौथो भयो।

८ अंक नै जोडेको काठमाडौं गुर्खाज भने रनरेटमा पछि पार्दै बाहिरियो। यसअघि लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र विराटनगर किंग्स अन्तिम खेल खेल्नुअघि नै बाहिरिएका थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *