रवि लामिछानेलाई बयानको लागि चितवन लगियो
- मंसिर १८, २०८१
- 0
सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ ।
लामिछानेलाई बुद्ध एयरको पहिलो उडानमार्फत काठमाडौँबाट चितवन ल्याइएको हो । साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन ल्याइएको हो ।
कडा सुरक्षा व्यवस्थाकाबीच लामिछानेलाई एयरपोर्टबाट जिल्ला प्रहरी कार्यालय चितवन लगिएको छ ।
चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रहरीले जिल्ला प्रहरी कार्यालयमा बयानका लागि आवश्यक कागजात मिलाएपछि सरकारी वकिल कार्यालयमा लगिने जनाइएको छ ।
0 प्रतिक्रिया
रवि लामिछाने र छविलाल जोशी विरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी विरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ । […]
वैदेशिक रोजगार व्यवसायी संघले सिफलमा प्रशासनिक भवन खरिद गरेर सार्यो कार्यालय
वैदेशिक रोजगार व्यवसायीहरुको साझा संस्था नेपाल बैदेशिक रोजगार व्यवसायी संघले आफ्नै प्रशासनिक भवन खरिद गरेर कार्यालय स्थानान्तरण गरेको छ । […]
लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित
नेपाल प्रिमियर लिग(एनपीएल) मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ । हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हराएको […]
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो
बुधबार, सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेर २७५० अंकमा कायम भएको छ । यस गिरावटसँगै बजारको कारोबार रकम भने […]
मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक भएको छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् । गणतन्त्र सेनानी कोषले […]