बेइजिङ पुगे प्रधानमन्त्री ओली

news-details

प्रधानमन्त्री केपी शर्मा ओली चारदिने औपचारिक भ्रमणमा बेइजिङ आइपुगेका छन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा आएका हुन् ।

ओलीलाई बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले स्वागत गरेका छन् । उक्त अवसरमा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ‌ओली र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि उपस्थित थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ ।

यस्तै प्रधानमन्त्री ओलीले मंगलबार नै चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने र चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *