आजको मौसम, केही स्थानमा हिमपातको सम्भावना
- मंसिर १७, २०८१
- 0
हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात “फेनजल” को आंशिक प्रभाव रहेको छ ।
जसको कारण तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने अन्य भागमा मौसम मुख्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहने छ भने बाँकी भागमा मौसम सफा रहने छ ।
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज, राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।
0 प्रतिक्रिया
सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित छ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा […]
उपनिर्वाचनमा कांग्रेसको अग्रता, यस्तो छ पछिल्लो परिणाम
काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनाको पछिल्लो परिणामअनुसार बानियाँ […]
प्रधानमन्त्री ओली चीन प्रस्थान, यस्तो छ भ्रमण तालिका
प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि जनवादी गणतन्त्र चीन प्रस्थान गरेका छन् । आज(सोमबार)बिहान उनी चीनका लागि प्रस्थान गरेका […]
३३ स्थानको मतपरिणाम आउँदा कसले कहाँ जिते ?
स्थानीय तह उपनिर्वाचनमा हालसम्म ३३ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ […]
काठमाडौं महानगरपालिका १६ मा रास्वपाको विजयी र्याली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिका १६ मा विजयी ¥याली निकालेको छ । आइतबारको उपनिर्वाचनमा काठमाडौं महानगरपालिका १६ मा […]