परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै
- मंसिर १५, २०८१
- 0
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्किन लागेकी हुन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुगेकी उनले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । सो भेटवार्ता छन्दुमा नै भएको थियो ।
सो अवसरमा उनीहरु बीचमा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो ।
प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दै छन् । परराष्ट्रमन्त्री डा राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछन् ।
0 प्रतिक्रिया
बढ्यो पेट्रोलको मूल्य
पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै आज राति १२ बजेबाट लागू हुनेगरी […]
एड्सबाट मृत्यु भएका मानिसको सम्झनामा दिप प्रज्वलन
माइती नेपालले एचआईभी एड्सका कारण मृत्यु भएका मानिसको सम्झनामा दिप प्रज्वलन गरेको छ । शनिबार गौशाला प्रहरी चौकी अगाडि उनीहरुले […]
“साख मूल्यांकनको नतिजालाई अवसरमा बदलौं”
नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) बाट प्राप्त गरेको नतिजालाई अवसरमा बदल्नु पर्ने सरोकारवालाले बताएका छन् […]
चीनबाट ऋण लिंदै नलिने भनेको होइन् : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले चीनबाट ऋण नलिने भन्ने कुनै घोषणा नगरेको स्पष्ट पारेका छन् । […]
स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
निर्वाचन आयोगले भोलि मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । विभिन्न ४१ रिक्त […]