पशुपतिनाथमा पितृको नाममा छरियो शतबीज
- मंसिर १५, २०८१
- 0
मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ ।
पशिुपतिनाथअन्तर्गत पशुपतिनाथको मूल मन्दिर, बागमती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै शतबीज छरिएको छ ।
रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप सेलाएर शतबीज छरिन्छ । यसो गरेमा दिवङ्गत पितृहरुले शान्ति पाउने धार्मिक विश्वास छ ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपति आउने गर्छन् ।
0 प्रतिक्रिया
बढ्यो पेट्रोलको मूल्य
पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै आज राति १२ बजेबाट लागू हुनेगरी […]
एड्सबाट मृत्यु भएका मानिसको सम्झनामा दिप प्रज्वलन
माइती नेपालले एचआईभी एड्सका कारण मृत्यु भएका मानिसको सम्झनामा दिप प्रज्वलन गरेको छ । शनिबार गौशाला प्रहरी चौकी अगाडि उनीहरुले […]
“साख मूल्यांकनको नतिजालाई अवसरमा बदलौं”
नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) बाट प्राप्त गरेको नतिजालाई अवसरमा बदल्नु पर्ने सरोकारवालाले बताएका छन् […]
चीनबाट ऋण लिंदै नलिने भनेको होइन् : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले चीनबाट ऋण नलिने भन्ने कुनै घोषणा नगरेको स्पष्ट पारेका छन् । […]
स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
निर्वाचन आयोगले भोलि मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । विभिन्न ४१ रिक्त […]