पोल्याण्ड पठाउने भन्दै तीन लाख बढी ठगी गर्ने महिला पक्राउ
- मंसिर १४, २०८१
- 0

पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर ३ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई टेकु क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
कल्पनाले पोल्याण्ड पठाइदिन्छु भन्दै एकजना पीडितबाट ३ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको आरोप लागेको छ । पक्राउपछि उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले यस्ता ठगी गतिविधिबाट बच्न सचेत रहन नागरिकलाई आग्रह गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभाको मनकामना मन्दिरमा श्रेष्ठ दम्पतीले चढाए सबैभन्दा ठूलो घण्टी

संखुवासभा जिल्लाको चर्चित धार्मिक स्थल मनकामना मन्दिरमा अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ दम्पतीले सबैभन्दा ठूलो घण्टी प्रदान गरेका छन् । संखुवासभाको […]
‘रोड सेफ्टी’ फोटो प्रतियोगिता एवं प्रर्दशनी हुने

फोटो पत्रकार (पिजे) क्लव र रोटरी क्लव अफ काठमाडौं सर्कलबीच रोड सेफ्टी फोटो प्रतियोगिता एवं प्रदशनी गर्ने सम्वन्धी सम्झौता भएको […]
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाए, न्यायलयप्रति विश्वस्त छु : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकाले कतिपय व्यक्तिहरू आत्तिएको बताएका छन् । […]
दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार राति बा१६च ७६५१ नम्बरको जिप दुर्घटना […]
‘पैसा दिँदा ठेकेदारले काम गर्न सकेन, काम गर्दा सरकारले पैसा दिन सकेन’

रामेछापको सदरमुकाम मन्थलीलाई सालुसँग जोड्ने सडकमा निर्माणाधीन रणजोर खोलाको पुल निर्माणको समय लम्बिएको छ । सरकारले पैसा दिँदा ठेकेदारले काम […]