अत्याधिक तापक्रम बढेपछि खाडीका ६ देशले श्रमिकलाई दिउँसो काम गराउन लगायो रोक

news-details

अत्याधिक तापक्रम बढेपछि खाडी मुलुकका ६ देशले दिउँसोको समयमा श्रमिकहरुलाई काम गराउन रोक लगाएको छ । ६३ डिग्रीसम्म तापक्रम पुगेपछि ती मुलुकहरुले दिउसोको समयमा श्रमिकलाई काम नगराउन रोजगारदाता कम्पनीहरूलाई निर्देशन दिएको हो ।

खाडी मुलुक बहराइन, कुवेत र ओमनले १ जुलाईदेखि ३१ अगस्टसम्म, कतारले १५ जुनदेखि ३१ अगस्टसम्म, साउदी अरबले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म र यूएईले १५ जुनदेखि १६ सेप्टेम्बरसम्म मध्याह्नको समय श्रमिकलाई काम नलगाउन रोजगारदाता कम्पनीलाई उर्दी जारी गरेको अरबी न्यूजले समाचार सम्प्रेक्षण गरेको छ ।

यस्तै, बहराइनले मध्याह्न १२ देखि ४ बजेसम्म, कुवेतले बिहान ११ देखि ४ बजेसम्म, ओमनले मध्याह्न १२ः३० देखि ३ः३० सम्म, कतारले ११ः३० देखि ३ बजेसम्म, साउदीले १२ देखि ३ बजेसम्म र यूएईले १२ः३० देखि ३ बजेसम्म काम नलगाउन रोजगारदाता कम्पनीलाई निर्देशन दिएको छ ।

मध्याह्नमा काम लगाउने रोजगारदाता कम्पनीलाई कानूनी र आर्थिक कारबाही गरिने चेतावनी पनि दिइएको जनाइएको छ ।

खाडीका देशमा तापक्रम बढेर यो वर्षकै उच्च विन्दुमा पुगेको छ । कुवेतमा अहिलेसम्मकै उच्च ६३ डिग्रीसम्म तापक्रम मापन भएको र अन्य देशमा ६० डिग्रीसम्म तापक्रम पुगेको जनाइएको छ ।

खाडीका देशमा करिब २० लाखभन्दा धेरै नेपाली कार्यरत रहेको सरकारी अनुमान छ । खाडीका देशमा रहेका नेपाली कूटनीतिक नियोगले पनि दिउसो बाहिर नहिडन र गर्मीबाट सचेत रहन त्यहाँ रहेका नेपालीहरुलाई अपिल गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *