मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०८१ ज्ञान उदासलाई दिने निर्णय

news-details

संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएसन (एसकाज) र मनराम प्रतिष्ठानले संयुक्तरुपमा प्रत्येक बर्ष प्रदान गर्दै आएको मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०८१ यस बर्ष अग्रज पत्रकार ज्ञान उदासलाई दिने निर्णय गरेको छ ।

पत्रकारिता तथा साहित्यमार्फत समाजलाई लामो समयदेखि निरन्तर योगदान दिइरहेको भन्दै संखुवासभा चैनपुर नगरपालिका ६ हाल काठमाडौ बस्ने ८१ बर्षिया उदासलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

२००० साल मंशिर २४ गते वुवा स्व. श्री कृष्णप्रसाद उदास र आमा स्व.बालकुमारी उदासको कोखबाट जन्मिएका उदासलाई लामो समयदेखि निरन्तर पत्रकारिता तथा साहित्य क्षेत्रमा रही समग्र देश र संखुवासभा जिल्लाको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मानका साथ पुरस्कार वितरण गर्ने निर्णय गरिएको एसकाजका अध्यक्ष शंकर खनालले जानकारी दिनुभयो ।

एसकाजका सल्लाहकार दुर्गा खनालको संयोजकत्वमा रहेको पुरस्कार छनौट समितिले सिफारिस गरेको आधारमा एसकासले अग्रज पत्रकार उदासलाई पुरस्कार दिने निर्णय गरेको हो ।

२०३९ सालदेखि हालसम्म निरन्तर नयाँ खवर कागज साप्ताहिकको सम्पादक÷प्रकाशक भएर काम गरिरहनु भएका उदासले संखुवासभामा रहँदा र काठमाडौंमा हुँदा पत्रकारिता र साहित्य मार्फत योगदान पु¥याइरहनु भएको छ ।

उदासले ९ बटा साहित्यिक कृति प्रकाशन गरिसकनु भएको छ भने ४ वटा कृतिको सम्पादन गर्नु भएको छ । प्रेस काउन्सिल नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेलबाट भर्खरै अग्रज पत्रकारिता पुरस्कार पाउनु भएका उदासले दर्जनौ सम्मान तथा पुरस्कार पाइसक्नु भएको छ ।

मनराम–एसकाज पत्रकारिता पुरस्कार आगामी शुक्रवार राजधानीमा एक कार्यक्रमकाबीच हस्तान्तरण हुनेछ । समाजसेवा तथा शैक्षिक क्षेत्रमा क्रियाशिल संस्था ‘मनराम फाउण्डेसन’ संग एसकाजले सहकार्य गरेर ‘मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७३’ स्थापना गरेपछि पहिलो पुरस्कार पत्रकार गंगा विष्टलाई प्रदान गरिएको थियो ।

त्यसैगरी पत्रकार इन्द्र गिरी २०७४, पत्रकार दीपेन्द्र शाक्य २०७५, पत्रकार कृष्णराज शाक्य २०७६ लाई मनराम–एसकाज पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । ‘मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०७७’ नवीन गुरुङ, प्रेमप्रसाद निरौलालाई २०७८’, मातृका तिमल्सिनालाई २०७९ र भोला गौलीलाई २०८० बाट सम्मानित गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *