सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेपछि विनु यादव प्रहरी नियन्त्रणमा

news-details

सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले मंगलबार सर्वोच्चको मुल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन् । पठाओमा आएर सर्वोच्चको बोर्डमा उनले कालो छ्यापेको प्रहरीले जनाएको छ ।

श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी यादवले प्रदर्शन गर्ने पूर्वसूचना पाएर सिंहदरबार वृत्तका डीएसपीसहितको प्रहरी टोली सर्वोच्च परिसरमै थियो । तर, विनुले मोटरसाइकलबाट उत्रिनसाथ कालो छ्यापेपछि मात्रै प्रहरीले थाहा पाएको थियो ।

कालो रङ छ्यापे लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर सिंहदरबार वृत्तमा लगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *