कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित
- मंसिर ९, २०८१
- 0
नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको कांग्रेसले विज्ञप्तिमार्फत् जनाएको छ ।
‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्री उमेश श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गर्नु भएको छ,’मुख्यसचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्तिमा भनेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको लामो समयसम्म कोषाध्यक्ष पद रिक्त थियो । पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठ व्यवसायीसमेत हुन् । उनी लामो समयदेखि कांग्रेसको आर्थिक विभागमा थिए ।
कांग्रेसको विधानअनुसार १४ सदस्यीय पदाधिकारीमध्ये १३ जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ ।
0 प्रतिक्रिया
आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना
नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन बेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना गरिएको […]
उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति
राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ को स्थानीय तह उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । मन्त्रिपरिषद्को सिफारिस […]
राहदानी विभागको काम आंशिक सुचारु, प्राविधिक टोलीले काम गरिरहेको दाबी
सर्भरको समस्या देखाउँदै सेवा अवरुद्ध गरेको राहदानी विभागले आइतबार दिउँसोदेखि सेवा सुचारु गरेको दावी गरेको छ । तर सेवाग्राहीले सेवा […]
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति […]
मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैंयाँ सहयोग गर्ने निर्णय गरेका […]