प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए राजीनामा
- मंसिर ९, २०८१
- 0
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै उनले जिम्मेवारी सम्हालेको पाँच महिनामै राजीनामा गरेका हुन् ।
अधिकारीले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको बताए । उनी विगतमा नेपाल सरकारका सचिव थिए । शिक्षा मन्त्रालयको सचिवबाट रिटायर्ड भएपछि उनलाई संसद सचिवालयमा ल्याएर प्रतिनिधि सभाको सचिव नियुक्त गरिएको थियो ।
उमेर हदका हिसाबले अधिकारीको दुई वर्ष सेवा अवधि बाँकी थियो ।
0 प्रतिक्रिया
आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना
नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन बेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना गरिएको […]
उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति
राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ को स्थानीय तह उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । मन्त्रिपरिषद्को सिफारिस […]
राहदानी विभागको काम आंशिक सुचारु, प्राविधिक टोलीले काम गरिरहेको दाबी
सर्भरको समस्या देखाउँदै सेवा अवरुद्ध गरेको राहदानी विभागले आइतबार दिउँसोदेखि सेवा सुचारु गरेको दावी गरेको छ । तर सेवाग्राहीले सेवा […]
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति […]
मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैंयाँ सहयोग गर्ने निर्णय गरेका […]