‘काठमाडौंको रहनसहनमा आदत भइसकेको जीवन एकाएक यता लाग्दा अनौठो मान्ने धेरै हुनुहुन्थ्यो’
- मंसिर ८, २०८१
- 0
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा विभिन्न देशबाट मुलुकमा दुई अर्ब ७१ करोड रुपैयाँको वैदेशिक लगानी भित्रिएको छ । नेपालमा भित्रिएको सो लगानीमध्ये सबैभन्दा धेरै ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा रहेको जानकारहरु बताउँछन् ।
नेपालमा विभिन्न ५८ वटा मुलुकबाट वैदेशिक लगानी आउने गरेको छ । कृषिले जनसंख्याको एक महत्वपूर्ण भागलाई रोजगार दिन्छ । यद्यपि देशको दुर्भाग्य यतिबेला नेपाल एउटा महत्वपूर्ण चुनौतीसँग जुधिरहेको छ, त्यो हो युवा पुस्ताको व्यापक पलायन ।
शिक्षा प्रणालीले उपलब्ध गराएको सिप र श्रमबजारको मागबीच किन तालमेल भएन ? परिणामतः दुगुना दिन चौगुना रात समस्या थपिँदो छ । सक्षम र दक्ष जनशक्ति सर्लक्क ओझेल पर्नु व्यक्तिसँगै हाम्रो अर्थ पनि चोइटी रहेको छ । यो माइनसलाई कसरी जोड(अङ्क)मा बदल्नु ? मुलुकका लागि वास्तवमै चुनौतीपूर्ण समस्या भएको छ ।
जुनबेला गाउँमा विकास पुगेको थिएन, सबै नागरिक गाउँघरमै अडिएका थिए । इतिहास बोकेको लाहुरे परम्पराको विरासत यसरी मोडियो, बनीबुतो गर्न खेताला जाने थलोजस्तो मात्रै भयो–देश ! यहाँ आफ्नो माटोमा खनिखोस्री गर्न कोही नबस्ने । काम गर्न सिप चाहिन्छ तर त्यो नसिक्ने । जुवा खेल ! अधिकांश युवा हचुवाको भरमा दगुरेका छन् । लाग्दैन, कुहिरेका कलेज सबै राम्रा हुन्छन् ।
हामी मनाङ जाने क्रममा बाटामा यस्तै विषयमा चर्चा गर्दैथ्यौँ । तनहुँको डुम्रेबाट लम्जुङतर्फ गुड्दै गर्दा ‘ग्रीन हिमालय फार्म स्टे’को ‘साइनबोर्ड’ हाम्रो आँखा अगाडि ठिङ्ग उभियो । ‘एरो’ले बायाँ तर्फको बाटो देखायो । ग्रीन हिमालय कस्तो रहेछ त ? हामीलाई जिज्ञासाले तानेपछि त्यता लाग्यौँ । करिब एक किलोमिटर पर सुन्दर हरियालीयुक्त फूलैफुलको बगानमा प्रवेश ग¥यौँ ।
पुराना घर, टहरा, हिटी धारा, विभिन्न जातका रुखहरु, फलफूलले सजिसजाउ कृषि फर्म हाम्रो नजरमा सजिन थाल्यो । यतिकैमा गहँुगोरो वर्णकी दिदी मुसुक्क मुस्कानसहित जोर हात जोड्दै मूल ढोकाबाट बाहिर निस्कनुभयो । हामीले परिचय आदानप्रदान ग¥यौँ ।
पुर्खाको सम्पत्तिलाई कसरी सही प्रयोगमा ल्याइएको छ, अहोरात्र आफ्नो मिहिनेत उहाँले देखाउनु भयो । राम्रो कामको प्रचार किन नगर्ने ? यही हेतुले त्यो पहिलो भेटमै मैले अर्थ र रोजगार मासिकको मालामा ‘ग्रीन हिमालय’ लाई उन्ने निधो गरेँ । ‘कृषि क्रान्तिको अवलोकन, आन्तरिक पर्यटनको प्रवद्र्धन’ देशभरि सुस्ताएको कृषि यसरी मौलाउनु सारा नालीबेली कोर्नतिर लागेँ । आफ्ना कुरा सुनाउन दिदी गीता अधिकारी पाण्डे पनि तयार हुनुभयो ।
“मेरो माइती चितवन हो । कर्म घर तनहँु । श्रीमान्का परिवारको बसोबास काठमाडौंमै हुनाले बिहे गरेर म उतै भित्रिएकी हुँ । त्यस कारण यहाँ आउन हतार भएन । तराईको जन्म हुर्कदै पढियो । स्कुल कलेज धाउने उमेर घरमा खासै काम गर्नु पर्दैन थियो । धान रोप्ने सिजन, मकै छर्ने गोड्ने, तोरी छर्ने उखेल्ने आदि इत्यादी सबै काममा आमाबुवा नै खट्नु, जुट्नु हुन्थ्यो ।
वर्षौंवर्ष काठमाडौं बसेर त्यतैको रहनसहनमा आदत भइसकेको जीवन एकाएक यता लाग्दा अनौठो मान्ने धेरै हुनुहुन्थ्यो । कतिले पत्याउनु नै भएन । अरु त अरु आमा र सासु आमा ‘खै, यो ताउरमाउर कति दिनको लागि हो । त्यो झाँडी फाडेर बाँझोसम्म पल्टाउलान् कि ?’ यसो भन्दै हाँस्नु हुन्थ्यो ।
उसो त बिहे हुनु अघिदेखि नै म ‘एनजीओ’ मा काम गर्थेँ । पत्रकारितामा पनि रुचि हुनाले लेख्ने अभ्यास थियो । त्यही लहरो सञ्चारिका समूहसँग आवद्ध भएँ । मेरा साथीहरु आ–आफ्नै धुनमा छन् । म भने यता छु । कति जना विदेश पनि उडे । तिनलाई नेपाल कहिले फर्कने भनेर सोध्यो भने ‘हेरौ समयले जसो गर्छ’ यति बोलेर कुरा टुङ्ग्याउछन् ।”
साँच्चै, समयको कति धेरै महत्व छ । गति प्रवाहको त्यो वेगलाई रोक्न सकियोस् न छेक्न । कसैको हतारमा चलोस् न रफ्तार पर्खियोस् । यद्यपि समयलाई समयमै प्रयोग गर्न सकियो भने त्यो भन्दा अद्धभुत क्षमता छैन, हुँदैन ।
यतिखेर सफलताको भ¥याङ्मा हुनुहुन्छ, गीता दिदी । उहाँका श्रीमान् सरकारी जागिरे । मन भए पनि सघाउन भ्याउनु हुन्न । दिदीले आफ्नो पेसाबारे माथि बताइसक्नु भयो । प्राकृतिक नियम हो बिहे पश्चात् छोराछोरी जन्मिन्छन् । तिनीहरुको लालनपालनसँगै उचित शिक्षादीक्षा दिनु हरेक अभिभावकको कर्तव्य हो । सुनेअनुसार यो अभिभारा पनि पूरा गरीसक्नु भएको छ ।
काठमाडौंको बसाइँलाई चाहिँ कसरी त्याग्न सक्नु भयो ? आश्चर्य कुरा जीवनमा कहिल्यै हात नहालेको कृषि कर्ममा एकलव्य हुने सोच कहाँबाट र किन पलायो ? मेरा जिज्ञासामा दिदीको जवाफ– “तपाईले सोध्नु भएको प्रश्न सही हो । वर्षौंवर्ष काठमाडौं बसेर त्यतैको रहनसहनमा आदत भइसकेको जीवन एकाएक यता लाग्दा अनौठो मान्ने धेरै हुनुहुन्थ्यो । कतिले पत्याउनु नै भएन । अरु त अरु आमा र सासु आमा ‘खै, यो ताउरमाउर कति दिनको लागि हो । त्यो झाँडी फाडेर बाँझोसम्म पल्टाउलान् कि ?’ यसो भन्दै हाँस्नु हुन्थ्यो ।
आँट्न त आँटियो तर सुरुमा यहाँ आउदा यसरी गरिन्छ जस्तो थिएन । घरभित्र पस्नै नसकिने गरी माकुराको जालो र चमेराको गुँड थियो । त्यो सफा गर्दाको खटाइ एउटा भयो भने मौसम अनुसार कुन तरकारी लगाउने, कसरी लगाउने ठ्याक्कै थाहा थिएन । मेरो श्रीमान्लाई जन्मघरको अति नै माया । काठमाडौंबाट कहिलेकाहीँ सुटुक्क आएर बिरुवा रोप्नुहुन्थ्यो तर तिनलाई उचित हेरचाहको अभाव ती उँभो लाग्न सकेनन् । लगानी जति सबै बालुवामा पानी !
“खाइ राखेको जागिरमा मन नलागेर छोडेँ । विकल्प के गर्ने भनेर सोच पलाएको थिएन । संयोगकै कुरा हो कि ? यता (तनहुँ) आएँ र केही दिन बसेँ । बस्दै गएँ । त्यो सजिलोबाट यो अप्ठ्यारो रोज्नु बरु फलामको चिउरा चपाउनु रहेछ ।
‘पछि, जागिरबाट अवकास भएपछि तनहँु नै बस्ने, उतै कृषि गर्ने’ भनेर कुरा गरिरहने बानी भयो । श्रीमान्को सोच नराम्रो होइन तर त्यो उमेरमा कसरी खट्न सकिन्छ ? यो प्रश्नले मेरो मन भारी हुन्थ्यो । छोराछोरी असम्भव कुरा किन गर्नु ? भन्थे । मलाई श्रीमान्ले यहाँ बसेर यसो गर, उसो गर भनेर कुनै दिन भन्नु भएको होइन । उखानै छ, उचालेको कुकुरले मृग मार्दैन ।”
सात वर्ष अघिको त्यो समयलाई स्मरण गर्दै ‘ग्रीन हिमालय फार्म स्टे’का प्रबन्ध निर्देशक गीता पुनः भन्नुहुन्छ– “खाइ राखेको जागिरमा मन नलागेर छोडेँ । विकल्प के गर्ने भनेर सोच पलाएको थिएन । संयोगकै कुरा हो कि ? यता (तनहुँ) आएँ र केही दिन बसेँ । बस्दै गएँ । त्यो सजिलोबाट यो अप्ठ्यारो रोज्नु बरु फलामको चिउरा चपाउनु रहेछ ।
अहिले पो सबै कुरा सहज हुँदै गएको छ । नत्र गाउँको बास यति सजिलो पक्कै होइन । त्यसमाथि म तराईमा जन्मेकी । यहाँको जमिन हिँड्न नजानेर दिनको कति पटक लड्थेँ । त्यतापट्टि नजादै ठीक । हो, दबाव र करकापले यहाँ गर्नु परेको भए म खट्न सक्ने स्थितिमा थिइनँ । यो कुरा पक्का हो । यद्यपि ठुलो लगानी नगरी क्रमशः अघि बढेको हुनाले कागजमा मात्र सीमित हुँदै गएको हाम्रो कृषि प्रणालीमा एउटा ईटा थपिएको आभास भइरहेको छ ।
वषौँवर्ष बाँझो भई बसेको जमिनलाई पुनर्जीवित गर्न कति परिश्रम प¥यो ? हिसाब छैन । सुरुवाती दिनमा यहीँ घर नजिकैकी एक जना महिला आउँथिन्, कुखुरालाई चारो हाल्न र बारीको झोस फाडफुड गर्न । तिनले धेरै ठुलो सहयोग गरिन् । उनलाई तलव दिएर राखेकी थिएँ । आवश्यकता अनुसार यहाँ श्रमिक पाइन्छ । श्रीमान् विदेश भए÷गए पनि बच्चा च्यापेर श्रीमतीहरु शहर पसिसकेका छैनन् । यहाँको यो सुखद पक्ष हो । अनि, ती महिलाहरु सकेको श्रम गर्न हिच्किचाउदैनन्, गर्छन् । सामान्य काम काटकुट र धोइपखालीमात्रै भए दैनिक ७ सय ज्याला दिने । केटा मानिसले बलको काम गर्ने हुनाले हजार पर्छ । बिजुली र काठको काममा महिला न पुरुष दिनको १२ देखि १४ सय ज्याला रेट छ ।”
कलकल पानीको धारा, माथ्लो गरामा लटरम्म फलेका मेवाका वृक्ष देखेर कति उर्वराशील जमिन रहेछ, भन्ने लाग्यो । बारीको एक पाटोमा चिटिक्क परेको गोलघर उभिएको छ । घर बाहिर मूलढोकाबाट दायाँबायाँ जाँतो, ढिँकी, हलो, जुवा, डोको–नाम्लोलगायत कृषि औजारहरु छन् । वरिपरि मगर गाउँ हुनाले सांस्कृतिक कार्यक्रम गर्न त्यहीँ आँगनमा जम्मा हुने चलन रहेछ ।
पृथ्वी राजमार्ग काठमाडौं–मुग्लिनलाई छोडेर लमजुङ बेँसीशहर सडकअन्तर्गत डुम्रेबाट २० किलोमिटर गुडेपछि पुगिन्छ– ग्रीन हिमालय फार्म । भनिन्छ, यात्राका लागि धेरै संयोगहरु जुट्नु पर्दछ । लाग्छ, यो पनि एउटा गतिलो संयोग नै हो । हरियो टिनले छाएको छाना, घुमाउने बार्दली भएको नेपाली मौलिक शैलीको घरअगाडि रङ्गीचङ्गी फूलबारी नियाल्दा अव्यक्त छन्, कति अनुभूतिहरु ।
कलकल पानीको धारा, माथ्लो गरामा लटरम्म फलेका मेवाका वृक्ष देखेर कति उर्वराशील जमिन रहेछ, भन्ने लाग्यो । बारीको एक पाटोमा चिटिक्क परेको गोलघर उभिएको छ । घर बाहिर मूलढोकाबाट दायाँबायाँ जाँतो, ढिँकी, हलो, जुवा, डोको–नाम्लोलगायत कृषि औजारहरु छन् । वरिपरि मगर गाउँ हुनाले सांस्कृतिक कार्यक्रम गर्न त्यहीँ आँगनमा जम्मा हुने चलन रहेछ ।
बोटमा भर्खर मात्र अम्बक रित्तिएका रहेछन् । कागती, मेवा, केरा, आँप, लिचि, सिउडी फल (ड्रयागन फुड) र किबीलगायत थुप्रै फलफूलको हराभरा बगैँचा देखियो । मेवा मात्रै हप्तामा ५० के.जी बिक्रीका लागि स्थानीय बजार जाँदो रहेछ, प्रति किलो ८० रुपैयाँका दरले । त्यस्तै, कागतिको चुक अमिलो प्रति माना हजारका दरले बेच्छु भन्दै हुनुहुन्थ्यो, दिदी ।
हलेदो भनेको बेसारको बिउ प्रति के.जी ५० रुपैयाँ । सुठो प्रति के.जी ३ सय, अदुवा प्रति के.जी २ सय । लोकल प्रजातिको केराको घरीमा यति सप्रिएका कोसा लाग्दा रहेछन्, पहिल्यै व्यापारी आएर बुक गर्दा रहेछन् । टमाटर, अकबरे खुर्सानी र सिजन अनुसारको तरकारी बाहै महिना किन्नै पर्दैन । ‘होम स्टे’ले खपत गरेर उभ्रिएपछि बजारमा पनि पुग्छ । गाई पाल्नुको पहिलो फाइदा दही मही खान भयो । दोस्रो, बोटबिरुवालाई मल ।
कृषि र पर्यटनमा आबद्ध साहसी महिला गीता आफ्नो ७० रोपनी क्षेत्रफलको जमिनमा खटिरहनु भएको छ । अहोरात्र जुटिरहनु भएको छ । गाउँका कतिले रोजगार पाएका छन् ।
कृषि र पर्यटनमा आबद्ध साहसी महिला गीता आफ्नो ७० रोपनी क्षेत्रफलको जमिनमा खटिरहनु भएको छ । अहोरात्र जुटिरहनु भएको छ । गाउँका कतिले रोजगार पाएका छन् । “ग्रीन हिमालय आज जुन अवस्थामा पुगेको छ, कामको प्रकृति नछुट्याई सानो होस् या ठुलो सबैले आफ्नो बित्तो छोडेर एकढिक्का भई साथ दिनुभएको छ । त्यसैले त हरेक जमर्को सफल भएको छ ।
साना ठुला गरेर खोरमा ५ सय लोकल कुखुरा छन् । रिङ जोडेर बनाएको ह्यामपाइप आकारको ‘ब्यारेल हाउस’मा बासबस्न चाहनेहरुका लागि प्याकेज छ । ढिँकीमा कुटेको चामलको खाना लोकल कुखुराको मासुसँग र बिहान लोकल कुखुराकै अण्डा सहितको ब्रेकफास्टलाई २५ सय पर्छ । यहाँ बास बस्न एट्याज बाथरुमसहित अरु कोठा पनि छन् । यसपालीको तिहारमा फूलबाट राम्रो आम्दानी हुने आशा गरेकी छु । सयपत्रीका पाँच हजार बिरुवा खेर नगई सप्रिएर बारीभरी ढकमक छन् ।
साँच्चै भन्नु पर्दा यहाँ एकपल्ट आएका मानिस प्रायः दोहोरिनु भएको छ । कति परिवारसहित आउनु हुन्छ । मेरो श्रीमान्का साथीहरु आएर ‘हजुरले जसरी नै काममा खट्न हाम्रा गृह लक्ष्मीलाई पनि सिकाउनु परो भाउजू’ भन्नु हुन्छ तर त्यो पक्षमा म छैन । किनभने, करबल वा कसैको लहैलहैमा लागेर सकिने काम नहुनाले कसरी अर्ती गर्नु ? नेपालीमा एउटा उखानै छ, उचालेको कुकुरले मृग मार्दैन ।”
राज्यमा अस्थिरता छ । युवा पुस्तालाई अड्याउन सरकार असफल भइसकेको नियति घामझैँ छर्लङ्ग देखिन्छ । उसो त गीता दिदीकै छोरा देशमा नअडिएको यथार्थता लुकाउनु भएन । छोरी काठमाडौंमा अनि श्रीमान् कतिले कता कहिले कता आफ्नै सरकारी अड्डामा । दशैँ पछिको ठुलोचाड तिहारमा छोराछोरी भेला हुने छाँट देखिनँ । पर्वका यी कुरालाई यही बिट मारेर मैले सोधेँ, यो साना दुःखले आर्जेको सृष्टि÷र्सिजना होइन, भोलि आफूले नसकेका दिन ग्रीन हिमालयलाई कसले बचाउँछ ?
“दश वर्ष पछिको समयलाई हेरेर सुरु गरेको सात वर्ष भयो । नेपालमा जे भए पनि भविष्य राम्रो छैन भन्ने परिपाटी विकास भो । मरिने, मारिने, ठगिने, चोर, फटाहा र डाका विदेशमा छैनन् होला र ? जेजे भए पनि परदेश नै रोज्छन् । तराई, पहाड, हिमाल, मधेस यसरी मिलेको भूमि संसारमा कहाँ छ ? यहाँको बसाइँ र खटाइ पहिला पहिला छोराछोरीलाई मन नपरेको भए पनि क्रमशः सम्हाल्छौ भन्नेमा पुगेका हुनाले ढुक्क लागेको छ ।”
साँच्चै, त्यो हराभरालाई हेर्दा लाग्छ, चरीको दूध बाहेक सबै पाइन्छ । फार्मको आफ्नै वेवसाइड पेज छ, फेसबुक र टिकटकमा पनि गतिविधिहरु छन् । तनहुँको भानु नगरपालिका–९, चितीखोलामा रहेको यो ‘ग्रीन हिमालय फार्म स्टे’ मा पुग्नुपर्छ, गरे के हुँदैन ?
ग्रीन हिमालय फार्म स्टे ‘टुरिष्ट‘लाई लोभ्याउने बढो आकर्षक ठाउँ रहेछ । वरिपरिको हरियाली वातावरण, परम्परा झल्काउने घर, स्वस्थ र अर्गानिक नेपाली खाना, चिसो पानी, हिमाल देखिने डाँडा र स्थानिय संस्कृति झल्काउने कार्यक्रम समेतले जो कोहीको मन लोभ्याउछ । त्यस्तै, एकान्तमा बसेर पढ्न, लेख्न र कृषि अनुसन्धान गर्न समेत ‘स्टे फार्म’ उपयुक्त छ ।
साँच्चै, त्यो हराभरालाई हेर्दा लाग्छ, चरीको दूध बाहेक सबै पाइन्छ । फार्मको आफ्नै वेवसाइड पेज छ, फेसबुक र टिकटकमा पनि गतिविधिहरु छन् । तनहुँको भानु नगरपालिका–९, चितीखोलामा रहेको यो ‘ग्रीन हिमालय फार्म स्टे’ मा पुग्नुपर्छ, गरे के हुँदैन ?
गीता दिदीले बैङ्कबाट ऋण लिएर कृषि कार्य श्रीगणेश गर्नु भएको रहेछ । हुँदा तिर्ने खाँचो पर्दा झिक्ने उहाँको कार्यशैली सुनेर नतमस्तक भएँ म । दिदीको साहस अझै फस्टाएर जाओस् । कृषिसँगै पर्यटनमा उहाँको समपर्ण धेरैका लागि अनुसरणको पाटो बनोस् । ‘ग्रीन हिमालय फार्म स्टे’ फलोस्, फूलोस्–लटरम्म होस् । शब्द हारद्वारा यही छ, हाम्रो शुभेच्छा र कामना !