भारतीय सेना अध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान
- मंसिर ६, २०८१
- 0
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना अध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन्।
बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत सहभागी रहेका थिए।
नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरूप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ।
भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी चार दिने भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका थिए।
0 प्रतिक्रिया
राष्ट्रिय गौरवका आयोजनाहरूमा प्रधानमन्त्री ओलीको चासो, आज ब्रिफिङ लिँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिँदै छन् । आइतबार राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिन […]
चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै
चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै छ । आइतबार आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बिहान […]
रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदैछ । आइतबार म्याद थपका लागि प्रहरीले […]
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै छ । आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनासँग आज बिहान ८ बजे […]
आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने
आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । परीक्षणका रूपमा यसअघि निःशुल्क खुला गरिएको धरहरा चढ्न शुल्क लाग्ने भएको हो […]