भारतीय सेनाध्यक्ष द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
- मंसिर ६, २०८१
- 0
राष्ट्रपति रामचन्द्र पौडेलले आज भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने भएका छन् ।
नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।
राष्ट्रपति कार्यालय शितलनिवासमा दिउँसो पौने २ बजे द्विवेदीलाई मानार्थ महारथीको सम्मान कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पाँचदिने औपचारिक भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदी बुधबार काठमाडौं आइपुगेका हुन् ।
यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर बनाउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ ।
0 प्रतिक्रिया
भारतीय सेना अध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना अध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन्। बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा […]
नेपाली नेताहरुको जम्बो टोली कम्बोडियातर्फ, यस्तो छ सूची
नेपालमा विभिन्न राजनीतिक दलका नेताहरुको जम्बो टोली कम्बोडिया प्रस्थान गरेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपासहितका दलका नेताहरु बुधबार […]
ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ
ग्रेटर नेपालका अभियान्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् । प्रहरीले उनलाई आज कार्यालयबाटै पक्राउ गरेको हो । नेपाल भ्रमणमा रहेका […]
एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा
एनसेलका ग्राहकहरुले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सधैं अन प्याकमा […]
‘मन्त्री हेरफेर हुँदैन, डेढ बर्षपछि देउवा प्रधानमन्त्री’
गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा […]