बीपी राजमार्ग रातको समयमा ७ घण्टा बन्द हुने
- मंसिर ६, २०८१
- 0
गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त भएको बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा बन्द हुनेछ ।
सडकखण्ड अन्तर्गत चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेकाले सडक बन्द गरिएको हो । रातिको समयमा राजमार्गको
विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा जनाइएको छ ।
बीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म गएरातिबाट सात घण्टा सवारी साधन सञ्चालन बन्द गरिएको कार्यालयले जनाएको छ ।
सडक कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको समयमा उक्त राजमार्गमा गाडी नचलाउन आग्रह गरेको छ ।
0 प्रतिक्रिया
भारतीय सेना अध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना अध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन्। बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा […]
नेपाली नेताहरुको जम्बो टोली कम्बोडियातर्फ, यस्तो छ सूची
नेपालमा विभिन्न राजनीतिक दलका नेताहरुको जम्बो टोली कम्बोडिया प्रस्थान गरेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपासहितका दलका नेताहरु बुधबार […]
ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ
ग्रेटर नेपालका अभियान्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् । प्रहरीले उनलाई आज कार्यालयबाटै पक्राउ गरेको हो । नेपाल भ्रमणमा रहेका […]
एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा
एनसेलका ग्राहकहरुले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सधैं अन प्याकमा […]
‘मन्त्री हेरफेर हुँदैन, डेढ बर्षपछि देउवा प्रधानमन्त्री’
गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा […]