भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदै
- मंसिर ५, २०८१
- 0
भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बुधबार नेपाल आउँदैछन् । उनी पाँच दिने भ्रमणका लागि आज काठमाडौं आउन लागेका हुन् ।
सेनाध्यक्ष द्विवेदीलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
उनको भ्रमणको अवधि मङ्सिर ९ गतेसम्म रहने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।
भ्रमणका दौरान सेनाध्यक्ष द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यस्तै उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटघाट, कमान्ड तथा स्टाफ कलेजका कशिक्षार्थीसँग अन्तरक्रिया र पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।
0 प्रतिक्रिया
भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदै
भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बुधबार नेपाल आउँदैछन् । उनी पाँच दिने भ्रमणका लागि आज काठमाडौं आउन लागेका हुन् । […]
मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी
सांसद राजेन्द्र बजगाईंले आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् । आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै […]
तीन महिनामै १७.५ प्रतिशत बढ्यो सेयर कर्जा
एक महिनामै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा ६ अर्ब ६ करोडले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार […]
जनसम्पर्क बिभाग सदस्य कृष्ण गिरीलाई सिडनीमा बधाई ज्ञापन
नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले सिडनीमा बधाई एवं शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसले भर्खरै गठन गरेको नेपाली जनसम्पर्क […]
दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि अदालतमा पेस गरिँदै
विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई बुधबार काठमाडौं जिल्ला अदालतमा पेस गरिँदैछ । मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित […]