विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीबाट सम्मानित
- मंसिर ४, २०८१
- 0
प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई आज सम्मान गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री ओलीले ती खेलाडीलाई बधाई दिँदै सम्मान गरेका हुन् । यही ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो स्थान हासि गरेका थिए ।
प्रधानमन्त्री ओलीले यस खेलको पर्याप्त सम्भावना रहेकोेले राज्यका तर्फबाट आवश्यक प्रोत्साहन हुने विश्वास दिलाए ।
नेपाल शाररीक सुुगठन तथा फिटनेस महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले पर्यटन प्रवर्द्धनमा समेत योगदान मिल्ने भएकोले यस खेललाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । सो अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतको सहभागीता थियो ।
0 प्रतिक्रिया
रास्वपाले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले आज साँझ ५ः३० बजे बैठक बस्नेगरी […]
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । […]
उपनिर्वाचनमा नौं वटा संस्थालाई पर्यवेक्षणको अनुमति
निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नौं वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ । आयोगले यसका लागि […]
‘सशस्त्र द्वन्द्व’ आवश्यक थिएन, देशको २० वर्ष खेर गयो : ज्ञवाली
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा त्यतिबेला ‘सशस्त्र द्वन्द्व’को आवश्यक नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया ः […]
ट्यालेन्ट हन्टबाट कर्णाली याक्सले छान्यो पाँच उदयीमान खेलाडी
हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट पाँच उदयीमान खेलाडी छनोट गरेको छ । मङ्गलबार कर्णाली याक्सले […]