पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि
- मंसिर ३, २०८१
- 0
पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ढुंगानाको आज (सोमबार)राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
आइतबार दिवंगत भएका उनलाई छोराहरु निमेष र निशेषले दागबत्ती दिएका हुन् । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो ।
कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको हो ।
उनको पार्थिव शरीलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको थियो । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
0 प्रतिक्रिया
सगरमाथा आरोही पेम्बा रिता शेर्पालाई एनआरएनएले गर्यो सम्मान
सगरमाथा आरोही पेम्बा रिता शेर्पालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सम्मान गरेको छ । सोमबार गैरआवासीय संघ (एनआरएनए) ले विशेष […]
उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्वाचन आयोगले दियो यस्तो निर्देशन
निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहहरुलाई विभिन्न निर्देशन दिएको छ । आयोगले यही मंसीर १६ गते आइतबार हुने स्थानीय तह […]
‘स्तरोन्नतिको चुनौति सामना गर्न उद्यममा नव प्रवर्तन आवश्यक’
नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुने संघारमा रहेको सन्दर्भमा यसबाट आइपर्ने चुनौति सामना गर्न साना उद्यम एवं स्टार्ट अपमा नवप्रवर्तन […]
पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि
पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ढुंगानाको आज (सोमबार)राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । आइतबार दिवंगत […]
चीनका लागि नवनियुक्त राजदूतलाई हिमालय सीमापार वाणिज्य संघको बधाई तथा सुझावपत्र
नेपाल हिमालय सीमापार वाणिज्य संघले चीनका लागि नवनियुक्त राजदूत डा.कृष्णप्रसाद ओलीलाई बधाई दिदै सुझावपत्र हस्तान्तरण गरेको छ । संघको कार्यालय […]