रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै
- मंसिर २, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै छ ।
आइतबार पार्टी कार्यालय वनस्थलीमा ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
गत कार्तिक २८ गते गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएसँगै रास्वपाले आज पत्रकार सम्मेलन गर्ने भएको हो ।
सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ। यसबीचमा रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा आन्दोलन गर्दै आइरहेको थियो।
उक्त कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र रहेको रास्वाको ठम्याइ छ।
0 प्रतिक्रिया
नेपाल टेलिकमले संञ्चालनमा ल्यायो रोबोट
नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि रोबोट संञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि ‘मैना’ रोबर्टबाट सेवा सुरू गरेको […]
उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हुम्लाको सर्केगाड गाउँपालिकामा पार्टीको उम्मेदवारलाई मनोनयन दर्ता नगर्न भन्दै धम्की आएको आरोप लगाएको छ । […]
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन
पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो । कानुन […]
चैनपुर–ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुँदै
पुर्वी जिल्ला संखुवासभाको चैनपुर नगरपालिका र ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ । ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन […]
नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत होः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र […]