‘सरकारले धेरै रेमिट्यान्स भित्र्याउनेलाई सम्मान गर्नुपर्छ’ अध्यक्ष चम्लागाई

news-details

कतार बिजनेस एसोसियसन कतारका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईंले देशमा रेमिट्यान्स भित्र्याउनेलाई सरकारले सम्मान गर्नुपर्ने बताएका छन् । उनले स्वदेशमा बर्षभरी धेरै रेमिट्यान्स भित्र्याउने कम्तिमा विभिन्न देशबाट १० जना नेपालीलाई सम्मान गर्न आग्रह गरेका छन् ।

कान्तिपुर कन्क्लेभको सीमापार समृद्धि शत्रमा सहभागी भएका चौलागाईंले मध्यपुर्वमा रहेका नेपालीले कमाएको सतप्रतिशत रकम स्वदेश पठाइरहेको उल्लेख गर्दै बर्षमा धेरै रेमिट्यान्स पठाउने नेपालीलाई सरकारले सम्मान गर्ने हो भने अझ धेरै रेमिट्यान्स बैकिङ्ग च्यानलबाट भित्रिने जिकिर गरेका छन् ।

चम्लागाईले वैकिङ च्यानलबाट धेरै रेमिट्यान्स भित्र्याउनका लागि नेपाल सरकारले विशेष सहुलियत दिनु पर्ने बताएका छन् । उनले भने–‘वंगलादेशका नागरिकले रेमिट्यान्स पठाउँदा त्यहाँको सरकारले २ प्रतिशत थप गरेर जम्मा गरिदिन्छ, फिलिपिन्स, श्रीलंकाले पनि सहुलियत दिएका छन् तर नेपालीले रेमिट्यान्स पठाउँदा धेरै कमिशन रकम तिर्नुपर्छ, यसले गर्दा गैरकानूनी च्यानलको प्रयोग भइरहेको छ ।’

सामान्य कामदारका रुपमा कतार प्रवेश गरेको तीन दशकपछि आफ्नो लगानीमा कम्पनीको पूर्ण स्वामित्व लिने पहिलो नेपाली बनेका चम्लागाई सफल व्यवसायीको पहिचान बनाएका छन् । कतार सरकारले भर्खरै ल्याएको नयाँ नियम अनुसार चौलागाईंले विदेशी लगानीकर्ताको लागि दिएको सुविधा लिएर सतप्रतिशत लगानीको आफ्नो कम्पनी बनाउन सफल भएको बताएका छन् ।

‘म १९९६ मा साधारण श्रमिकका रूपमा कतार छिरेर विभिन्न व्यवसाय गर्दै विदेशी नागरिकले केही कानुनी प्रावधान पूरा गरेपछि लगानी गर्न स्थानीय नागरिकको स्पोन्सरसिप नपर्ने भयो । मैले यो प्रक्रिया पूरा गरेर म आफ्नो कम्पनीको शतप्रतिशत स्वामित्व लिन सफल भएँ । यसरी शतप्रतिशत स्वामित्व लिन पाउने कतारमा म पहिलो नेपाली बनेको छु ।’

विगत १४ बर्षदेखि संचालन गरिरहेको उडल्याण्ड कन्ट्रयाक्टिङ एण्ड जेनेरल सर्भिस अहिले पुर्णरुपमा चौलागाईको भएको छ । ५ लाख रियल पूँजीको उक्त कम्पनीमा महेन्द्रको नाममा ९० प्रतिशत र श्रीमति कञ्चन चम्लागाईको नाममा १० प्रतिशत शेयर रहेको छ । कतारको वाणिज्य तथा उद्योग मन्त्रालयबाट सम्पुर्ण प्रकृया पुरा गरी चम्लागाईले भर्खरै आफ्नो नाममा कम्पनी पार्न सफल भएका हुन् ।

कतार सरकारमा आधिकारिक दर्ता भएको पहिलो नेपाली संस्था नेपाली व्यवसायीहरुको छाता संस्था कतार बिजनेस एसोसियसन कतारको संस्थापक र वर्तमान अध्यक्ष चम्लागाइले नेपाल र कतारबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउँदै स्वदेशमा लगानी ल्याउन लागिरहेको बताएका छन् ।

नेपालमा लगानीमैत्री वातावरण सृजना गर्दै ‘वन डोर’ सिस्टमबाट सम्पुर्ण काम हुने अवस्था बनाउने हो भने विदेशबाट धेरै लगानी ल्याउन सकिने प्रतिवद्धता चम्लागाई जनाउँछन् ।

परराष्ट्र मन्त्री डा. आरजु देउवा राणासहित अष्ट्रेलियाका शिक्षा क्षेत्रमा लगानी गरेका सागर लोहोनी र एक दशकदेखि क्यानडा, संयुक्त राज्य अमेरिका, कम्बोडियालगायत विभिन्न देशमा एआई प्रविधिमा आधारित फ्युजमसिन्स इंकका श्रेष्ठले सीमापार समृद्धिमा विषयमा छलफल गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *