विद्युत काटिएका उद्योगमा लाइन जोड्ने प्राधिकरण बोर्ड बैठकको निर्णय
- कार्तिक २७, २०८१
- 0

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको आज बसको बैठकले विद्युत काटिएका २८ वटा उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । गत आइतबारको मन्त्रिपरिषद्को बैठकले विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयको पत्र हिजो साँझ प्राधिकरण पुगेको थियो । हिजै साँझ ऊर्जा मन्त्रालयले पत्रकार सम्मेलन गरेर विद्युत काटिएको उद्योगमा लाइन जोड्ने र टाइम अफ डे ९टीओडी० मिटरको आधारमा विद्युतको बक्यौता उठाउने निर्णय गरेको थियो ।
आज ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसहित बसेको सञ्चालक समितिको बैठकले विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले विद्युत काटिएको उद्योगमा लाइन जोड्ने निर्णय भएको बताए ।
0 प्रतिक्रिया
सोमबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित

विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । अर्को बैठक भोलि (सोमबार) दिउँसो २ बजेका लागि बोलाइएको छ […]
निर्माणाधीन त्रिवि क्रिकेट रंगशालाको निरीक्षणमा पुगे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री […]
प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धि सम्झौता

प्रभु बैंक लिमिटेड र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । […]
प्रतिनिधिसभा बैठक आजै दोस्रो पटक सारियो, साढे ५ बजे बस्ने सूचना टाँस

प्रतिनिधिसभा बैठक सूचना टाँसेर आज दोस्रो पटक सारिएको छ । आज एक बजेका लागि बैठक बोलाइएकोमा बैठक बस्न नसकेपछि सवा […]
सदन खुलाउन काँग्रेस र माओवादी छलफलमा, आ–आफ्नै अडानका कारण जुटेन सहमति

संसदको गतिरोध अन्त्यका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको छलफलमा पनि सहमति जुट्न सकेन । छलफलमा दुवै […]