रवि लामिछानेलाई भैरहवा ल्याइयो, विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगियो
- कार्तिक २७, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ।
मंगलबार मध्याह्न १२ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रवि लामिछाने बोकेको बुद्ध एयरलाइन्सको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण भएको हो। उनीमाथि बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो।
विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन्। विमानस्थलभित्र प्रवेश गर्न कसैलाई दिइएको छैन।
विमानस्थल, जिल्ला प्रहरी कार्यालय, अदालत र सरकारी वकिलको कार्यालय वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
रुपन्देही प्रहरीका अनुसार लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगिएको छ । रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरका अनुसार सकेसम्म आजै लामिछानेको बयान सक्ने तयारी छ ।
यसअघि पूर्वडिआइजी छविलाल जोशीलाई पनि बुटवल पुर्याएर बयान लिइएको थियो।
0 प्रतिक्रिया
कार्यान्वयनको दस वर्षपछि संविधानमाथि समीक्षा हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याकंन हुने बताएका छन् । कान्तिपुर कन्क्लेभ २०२४ को […]
भारतले दियो बंगलादेशमा विद्युत् निर्यातको सहमति, शुक्रबार ४० मेगावाट विद्युत् निर्यात हुने
भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएको छ । भारतको अनुमतिसँगै शुक्रबारदेखि नेपालको […]
‘पीएनओ’ अर्थात नेपाली मुलका नेपालीले खोजेका कुरा
बर्मा अथवा म्यानमार नेपालीहरु देशभन्दा बाहिर जान थालेको पुरानो देशमा पर्दछ । पहिलो विश्वयुद्धभन्दा अघि नै यहाँ नेपालीहरु पुगिसकेका थिए […]
सातै प्रदेशमा फिस्टुला रोगको नि:शुल्क उपचारको तयारी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचार गर्नेे व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन् । बिहीबार […]
डिजिटल नेपालको पोलिसी कार्यान्वयन गर्न आइटी क्षेत्रमा बजेट छैन : सञ्चारमन्त्रीे
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सूचना प्रविधि दशक घोषणा गरेपछि बजेटमा कार्यान्वयन नभएको बताएका छन् । बिहीवार काठमाडौंमा […]