यु–१९ महिला विश्वकप छनोट अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा
- कार्तिक २४, २०८१
- 0
आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स ‘युएई’सँग प्रतिस्पर्धा गर्दैछ ।
आफ्नो तेस्रो खेल नेपालले युएईविरुद्ध उसकै भूमिमा खेल्न लागेको हो । यो खेल बिहान ११:१५ बजे सुरु हुनेछ ।
बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपाल ६७ रनले विजयी भएको थियो । दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको नेपाल उच्च मनोबलका साथ आज मैदानमा हुनेछ ।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ ।
0 प्रतिक्रिया
काठमाडौं बन्यो विश्वकै छैटौं प्रदूषित सहर
काठमाडौं विश्वकै छैटौं प्रदूषित सहर बनेको छ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार काठमाडौंको प्रदूषण बिहीबार बिहान १ सय ७० […]
कोरियाका राजदूत र नेता खनालबीच भेट, आर्थिक विकासबारे छलफल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले खनाल निवास डल्लुमा शिष्टाचार […]
डोनाल्ड ट्रम्प र जो बाइडेनबीच भेटवार्ता
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । नेपाली समय अनुसार गएराति भएको भेटवार्तामा […]
कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि पौने आठ लाख सहयोग
नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि पौने आठ लाखभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ । महासंघले […]
धितोपत्र बोर्डको अध्यक्षको अन्तरवार्ता मंसिर ९ मा हुने
अर्थ मन्त्रालयले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीनलाई अन्तरवार्तामा बोलाइएको छ। सर्ट लिस्टमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर […]