राष्ट्रपति पौडेलले गौरीघाट र कमलपोखरीमा पुगेर गरे छठ पूजा
- कार्तिक २२, २०८१
- 0
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् ।
राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर विहिबार अपरान्ह छठी माताको पूजा अर्चना गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन् ।
राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए । त्यहाँ उनले सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गरेका थिए ।
यसैगरी, उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आरधना गरे ।
राष्ट्रपति पौडेल गुहृेश्वरी र कमलपोखरीको पूजास्थल पुग्दा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
0 प्रतिक्रिया
काठमाडौंको कमलपोखरीमा छठको उल्लास (तस्वीरहरु)
छठ पर्वको मुख्य दिन बिहीबार साँझ ब्रतालुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएका छन् । बिहीबार काठमाडौंका छठघाटहरुमा पुगेका […]
राष्ट्रपति पौडेलले गौरीघाट र कमलपोखरीमा पुगेर गरे छठ पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र […]
यू-१९ महिला टी-२० विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित, कुवेतलाई १०८ रनले हरायो
आईसीसी यू–१९ विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गरेको छ । बिहीबार भएको खेलमा नेपालले एक […]
स्थानीय तहको उपनिर्वाचनका लागि रास्वपाले तोक्यो सातै प्रदेशमा ‘कमाण्डर’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार केन्द्रीय निर्वाचन […]
अमेरिकाका एसी शेर्पा महावाणिज्यदूतमा बढुवा, थप ४ बर्षको कार्यकालका लागि नियुक्त
अमेरिकाको वासिङ्टन राज्यको सियाटलका लागि अवैतनिक वाणिज्यदूत रहेका एसी शेर्पालाई सरकारले महाबाणिज्यदूतमा नियुक्त गरेको छ । शेर्पा आगामी चार बर्षका […]