राष्ट्रपतिलाई कोप २९ मा उठाउनुपर्ने विषयमा संसदीय समितिको सुझाव
- कार्तिक २१, २०८१
- 0
राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिले यही कात्तिक २६ गतेबाट अजरबैजानमा आयोजना हुने कोप २९ मा नेपालका तर्फबाट उठाउनुपर्ने विषयका सन्दर्भमा सुझाव दिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार राष्ट्रपति पौडेललाई सो सुझाव दिने क्रममा समितिका सभापति एवम् सदस्यहरुले जलवायु परिवर्तनका असरका कारण नेपालले भोग्नुपरेको जोखिम न्यूनिकरणका सम्बन्धमा उनले अन्तर्राष्ट्रियस्तरमा व्यक्त गरेका विचार सराहनीय रहेको बताएका थिए ।
सो क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, राज्यमन्त्री रुपा विक, प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापामगर, पूर्वाधार विकास समितिका सभापति दिपक सिंह र दुवै समितिका सदस्यहरुको सहभागिता रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
0 प्रतिक्रिया
एनआरएनएका नेतालाई बोलाएर परराष्ट्र मन्त्री राणाले भनिन्– ‘तपाईहरु मिल्नुहोस्’
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघको विवाद सुल्झाउन अनुरोध गर्दै सबै पक्षलाई मिलेर अघि बढ्न आग्रह गरेकी छिन् […]
राष्ट्रपतिलाई कोप २९ मा उठाउनुपर्ने विषयमा संसदीय समितिको सुझाव
राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिले यही कात्तिक २६ गतेबाट अजरबैजानमा आयोजना […]
अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित हुने निश्चित
अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक निर्वाचित हुने पक्का भएको छ । ट्रम्पले डेमोक्रेटिक […]
आयोजनाहरुको कार्यान्वयनमा तदारुकताका साथ लाग्न अर्थमन्त्री पौडेलको निर्देशन
विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिव ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ । […]
अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प बहुमत नजिक, समर्थकलाई सम्बोधन गर्ने तयारी
अमेरिकी राष्ट्रपति निर्वाचनको जारी मतगणनामा अब १० राज्यको मात्र मतगणना बाँकी छ । ५० राज्यमध्ये हालसम्म ४१ राज्यको नतिजा आएको […]