अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित हुने निश्चित
- कार्तिक २१, २०८१
- 0

अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक निर्वाचित हुने पक्का भएको छ । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित हुने पक्का भएको हो ।
एपीका अनुसार रिपब्लिकन उम्मेदवार ट्रम्पले कम्तीमा २ सय ७७ इलेक्टोरल मत पाउने निश्चित भएको हो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ मतमध्ये कम्तीमा २ सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ । डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति ह्यारिसले कम्तीमा २ सय १९ इलेक्टोरल मत प्राप्त गर्ने निश्चित भएको छ ।
यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ ।
0 प्रतिक्रिया
रवीन्द्र मिश्र र धवल शमशेरसहित ५ जना पक्राउ, नवराज सुवेदी नजरबन्दमा

प्रहरीले रवीन्द्र मिश्र, धवल शमशेर राणा सहित ५ जना नेताहरूलाई पक्राउ गरेको छ। काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन उग्र रूप […]
राजावादीले आगो लगाएको तीनकुनेको घरभित्र जलेर एकजना पत्रकारको मृत्यु

आज काठमाडौंको तीनकुनेमा प्रहरीसँगको झडपका क्रममा राजावादीले घरमा आगो लगाउँदा जलेर एकजना पत्रकारको पनि मृत्यु भएको छ । राजावादीले आगो […]
दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ : गृह मन्त्रालय

गृहमन्त्रालयले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ । गृहमन्त्रालयमा पत्रकार सम्मेलन […]
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री केपी ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका […]
काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

राजावादीहरुको आन्दोलन अनियन्त्रित र अराजक बनेपछि काठमाडौंका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी भएको […]