अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प बहुमत नजिक, समर्थकलाई सम्बोधन गर्ने तयारी
- कार्तिक २१, २०८१
- 0

अमेरिकी राष्ट्रपति निर्वाचनको जारी मतगणनामा अब १० राज्यको मात्र मतगणना बाँकी छ ।
५० राज्यमध्ये हालसम्म ४१ राज्यको नतिजा आएको छ । जसमध्ये २६ मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १५ मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस विजयी भएकी छन् ।
ट्रम्प अब बहुमत नजिक छन् । बहुमतका लागि ५३८ इलेक्टोरल कलेज मतमध्ये २७० इलेक्टोरल मत आवश्यक पर्छ । ट्रम्पले २४६ मत पाएका छन् भने कमलाले २१० इलेक्टोरल मत पाएकी छन् । दुवैबीच ३६ मतको मात्र अन्तर छ । तर, बाँकी १० राज्यमध्ये ५ राज्यमा ट्रम्पको अग्रता छ । २ राज्यमा मतगणना सुरु भएको छैन ।
फ्लोरिडास्थित चुनावी अभियानको कार्यालयमा उनका समर्थकहरु ठूलो संख्यामा भेला भएका छन् । त्यहाँ ट्रम्पले सम्बोधन गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
0 प्रतिक्रिया
राजावादी प्रदर्शनमा भएका हिंसात्मक घटना छानबिन गरेर कारबाही गरिने, घाइतेहरुको निःशुल्क उपचार

सरकारले आज राजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाहरुको सत्यतथ्य छानबिन गरेर कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ । शुक्रबारको हिंसात्मक […]
रवीन्द्र मिश्र र धवल शमशेरसहित ५ जना पक्राउ, नवराज सुवेदी नजरबन्दमा

प्रहरीले रवीन्द्र मिश्र, धवल शमशेर राणा सहित ५ जना नेताहरूलाई पक्राउ गरेको छ। काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन उग्र रूप […]
राजावादीले आगो लगाएको तीनकुनेको घरभित्र जलेर एकजना पत्रकारको मृत्यु

आज काठमाडौंको तीनकुनेमा प्रहरीसँगको झडपका क्रममा राजावादीले घरमा आगो लगाउँदा जलेर एकजना पत्रकारको पनि मृत्यु भएको छ । राजावादीले आगो […]
दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ : गृह मन्त्रालय

गृहमन्त्रालयले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ । गृहमन्त्रालयमा पत्रकार सम्मेलन […]
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री केपी ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका […]