मौसम पूर्वानुमान : कोशी र गण्डकीका केही भू-भागमा वर्षाको सम्भावना
- कार्तिक २१, २०८१
- 0
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
0 प्रतिक्रिया
अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प बहुमत नजिक, समर्थकलाई सम्बोधन गर्ने तयारी
अमेरिकी राष्ट्रपति निर्वाचनको जारी मतगणनामा अब १० राज्यको मात्र मतगणना बाँकी छ । ५० राज्यमध्ये हालसम्म ४१ राज्यको नतिजा आएको […]
हेटौँडामा छठ पूजाको तयारी अन्तिम चरणमा
हेटौँडा उपमहानगरपालिका १ स्थित राप्तीतटमा छठ पर्व मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । राप्तीतटलाई सरसफाई, पन्डाल टाँग्ने लगायत कार्य […]
त्रिभुवन विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर […]
रवि लामिछाने पक्राउको विरोधमा रास्वपाको विरोध प्रदर्शन आज पनि जारी रहने
पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ […]
छठको दोस्रो दिन आज खरना मनाइँदै
सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोस्रो दिन बुधबार खरना मनाइँदै छ । चार दिनसम्म मनाइने छठ पर्वको मुख्य विधि […]