पोखरामा दिउसै गोली चल्यो, लागूऔषध कारोवारी थापा प्रहरी फन्दामा
- जेष्ठ २९, २०७६
- 0
पोखराको उत्तम चोकमा लागूऔषध कारोवारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । लागूऔषध लिएर हिडेको सुचना पाएपछि पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएपछि गोली चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रहरीको गोली लागि लागूऔषद कारोवारी उत्तम चोककै ३० वर्षीय गोविन्द थापा घाइते भएका छन । खुट्टामा गोली लागेर घाइते थापालाई उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पुर्याइएको स्रोतले जानकारी दिएको छ ।
थापाको साथबाट डाईजापाम, नुर्फिन, र फिनारगन गरि कुल १५०० थान प्रतिबन्धित लागूऔषध बरामद भएको प्रहरी स्रोतले बतायो । त्यस्तै घटनास्थलबाट ग १३ प ८२२८ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।