विद्युतिय कारोबार सम्बन्धि विधेयक समितिबाट चाँडै पारित हुन्छ : सभापति खान

news-details

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतिय कारोबार सम्बन्धि विधेयक चाँडै पारित गर्ने बताएका छन् ।

उनले कार्तिक २५ गतेदेखि विधेयकमाथि दफाबार छलफल सुरु गर्ने र चाँडै विधेयक समितिबाट पारित गर्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘विद्युतिय कारोबार विधेयक समितिमा छ । यसमा २५ गतेदेखि दफाबार सायद छलफल सुरु हुन्छ । र पाँच सात वटा बैठकपछि यो विधेयक समितिबाट पारित गर्ने समितिको सोच छ र सदनबाट पारित गरेर राष्ट्रपति समक्ष लगेर प्रमाणिकरण हुन्छ ।’

उनले अहिलेको आइटीको युगमा सबैले आफ्नो ढंगले विद्युतिय कारोबार गर्न पाउनुपर्ने भन्दै विधेयक छिटो छरितो ल्याउन तत्पर रहेको बताए ।

उनले भने, ‘अबको युग भनेको आइटीको युग हो । सबैले आफ्नो ढंगले व्यापार गर्न सक्नुहुन्छ । ऐन कानुन पक्कै आउछ । कारोबार त भइरहेको छ तर ऐन कानुनको प्रभावमा धेरै ठगिने समस्या बढेको छ । त्यसैले हामी यो विधेयक छिटो छरितो ल्याउन तत्पर छौं ।’

सभापति खानले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको राजनीति तरल अवस्थामा रहनका साथै विभिन्न वारहरु भइरहेको बताए । जसको प्रतिकुल प्रभाव नेपालमा पनि विभिन्न रुपमा आएको कारण सर्तक अपनाउन आवश्यक रहेको पनि उनको भनाई छ ।

उनले भने, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको राजनीति अलिकत तरल अवस्थामा छ । विभिन्न प्रकारका वारहरु छन् । यस सम्बन्धमा आर्थिक मन्दी हुने विभिन्न प्रकारका समस्याहरु आउन सक्ने र अहिले जुन प्रकारका वारहरु भइरहेका छन् । यसका तरङ्गहरु यसबाट हुने प्रतिकुल प्रभाव हाम्रो देशमा पनि विभिन्न रुपमा आएका छन् । हामी सर्तक हुनुपर्छ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *