भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
- कार्तिक १९, २०८१
- 0
प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि काठमाडौंसहित देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन भने अन्य दुर्गम क्षेत्रका विमानस्थलमा पनि भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भएको छ ।
काठमाडौं विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स –आइएफआरं उडान मात्र भइरहेको छ । मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुन नसकेकाले उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य संख्यामा पर्यटक अलपत्र परेको विमानस्थल कार्यालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइरहेको छ ।
0 प्रतिक्रिया
कारसहित पोखरीमा बेपत्ता दुई जनाको शव फेला
सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा कारसहित बेपत्ता भएका दुईको शव फेला परेको छ । सशस्त्र प्रहरीका गोताखोरले बेपत्ता दुई जनाको […]
रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा लगिँदै
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि मंगलबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै […]
तिहार सक्किएसँगै मकवानपुरका किसानलाई धान भित्र्याउने चटारो
तिहार सकिएसँगै मकवानपुरका किसानहरु नियमित कामकाजमा फर्कन थालेका छन् । भाइटिकाको भोलिपल्टदेखिनै हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, भिमफेदी गाउँपालिका लगायत […]
छठ पर्व आजदेखि सुरु
मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ […]
अमेरिकामा राष्ट्रपतीय निर्वाचन आज
विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुँदैछ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी […]