हङकङ सुपर सिक्सेस : अष्ट्रेलियामाथि नेपालको शानदार जित
- कार्तिक १७, २०८१
- 0
नेपालले ‘हङकङ सुपर सिक्सेस’को दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ ।
नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १ सय रन मात्र बनायो ।
अष्ट्रेलियाका ज्याक उडले १२ बल ५० रन बनाए । नेपालका लागि प्रतिश जिशीले ३ तथा लोकेश बम र विवेक यादवले एक-एक विकेट लिए ।
त्यसअघि नेपालले अस्ट्रेलियालाई ११२ रनको लक्ष्य दिएको थियो। नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे ।
१६ बल खेलेका उनले ५१ रन बनाएर खेलको नियम अनुसार रिटायर्ड हर्ट भए ।
यस्तै लोकेश बमले १३ बलमा ३३ रन बनाए। अस्ट्रेलियका ज्याक हुडले २ विकेट लिए । पहिलो खेलमा नेपालले इ्रग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।
हङकङ सिक्सेसमा नेपाल एक खेलअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको थियो। यो जितसँगै नेपाल समूह विजेता बनेको छ ।
0 प्रतिक्रिया
रवि लामिछानेलाई थप दश दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले दियो अनुमति
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप दश दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ […]
सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सफल भएको बोर्ड अध्यक्ष बसौलाको दाबी
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आफ्नो चार वर्षे कार्यकालमा गरेका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गरेका छन् । मंगलबार […]
विद्युतिय कारोबार सम्बन्धि विधेयक समितिबाट चाँडै पारित हुन्छ : सभापति खान
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतिय कारोबार सम्बन्धि विधेयक चाँडै पारित […]
पोखरामा रवि लामिछानेका समर्थकले निषेधित क्षेत्र तोडन खोजेपछि प्रहरीद्धारा अश्रृग्यास प्रहार
पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा प्रदर्शनमा उत्रिएका नेता कार्यकर्तामाथि प्रहरीले अश्रृग्यास प्रहार गरेको छ । निषेधित क्षेत्र […]
आजदेखि खुले सरकारी कार्यालय
आजदेखि सबै सरकारी कार्यालयहरु खुलेको छन् । तिहार पर्वको बिदा पछि आजदेखि सरकारी कार्यालयहरु खुलेका हुन् । पहिलाको वर्षहरुमा भाइटीकाको […]