पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा
- कार्तिक ११, २०८१
- 0
साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल बराबरीमा गएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
भारतका दुई खेलाडीको प्रहार रोकिएको थियो । नेपालबाट प्रहार गरेका ४ खेलाडीले गोल गर्दै जिततर्फ दोहोराएका हुन् ।
भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो ।
नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन ।
त्यसपछि खेल रोकिएको थियो । रोकिएको १ घन्टापछि खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।
नेपालले अब उपाधिका लागि बंगलादेशसंग खेल्नेछ ।
0 प्रतिक्रिया
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा
साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको […]
१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय […]
‘कोप २९’ मा नेपालले २२ वटा विषयमा छलफल गर्ने
विकास, आर्थिक मामिला तथा सुशासन समितिको आइतबारको बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा […]
सत्ता सौदाबाजीका लागि राष्ट्रियताका सवालमा सम्झौता हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने स्पष्ट पारेका छन् । नेपाल राष्ट्रिय भूतपूर्व […]
माइतीघरमा आज पनि रास्वपाको विरोध प्रदर्शन
पार्टी सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ । रविलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ […]