‘कोप २९’ मा नेपालले २२ वटा विषयमा छलफल गर्ने

news-details

विकास, आर्थिक मामिला तथा सुशासन समितिको आइतबारको बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल भएको छ । आइतबार संघीय संसद सचिवालयमा बसेको बैठकले उक्त छलफल गरेको हो ।

बैठकमा छलफल गर्दै समिति सचिव डा. रोजनाथ पाण्डेले कोप २९ मा नेपालले २२ वटा विषयमा छलफल गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपाल सरकारले प्राप्त गरेर खर्च गर्न पाउने मोडालिटीमा जानुपर्ने भन्ने छ । विभिन्न गरिब देशहरु ऋणमा फस्दै गएकाले थप बोज बन्ने तरिकाको बिषयहरु हुनुहुँदैन । अर्थात लोन प्राप्त गर्ने कुरामा सम्झौता गर्नु हुँदैन भन्ने कुराहरु उठेको छ । २२ वटा एजेण्डाहरु डिस्कसनमा आउँछन् । जुन फाइनान्सली मोडालिटी सम्बन्धमा भन्ने छ । सम्मेलनले उठाएका यि विषयहरु र मुद्दाहरुमा सम्बन्धित निकायहरुले पूर्ण रुपमा तयारी भएर कोपमा जानुपर्ने छ ।’

साथै उनले कोपमा प्राइभेट सेक्टरको कुरापनि व्यापक रुपमा उठ्नुपर्ने बताए । उनले दिगो विकास अन्र्तगत रहेका १७ वटा लक्ष्यहरुमा पनि ध्यान जानुपर्ने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *