साफ वुमेन्स च्याम्पियनसिप : आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल
- कार्तिक ११, २०८१
- 0
काठमाडौंमा जारी साफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेलहरु हुँदैछन् ।
सेमिफाइनलमा आइतबार बंगलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।
दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे हुनेछ । महिला साफमा भारत पाँच पटकसम्मको च्याम्पियन हो भने नेपालसँगको पाँचौं भेट हो ।
अघिल्लो संस्करणहरूमा चारपटकसम्मको भेटमा नेपालले एकपटक मात्रै भारतलाई हराएको छ । सन् २०२२ मा भएको खेलमा नेपालले भारतलाई १–० गोलले पराजित गरेको थियो ।
त्यसअघि सन् २०१९, २०१७ र २०१४ मा नेपाल पराजित भएको थियो ।
नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको थियो।
समूह चरणमा नेपाल अपराजित रह्यो । नेपालले दुई जित र १ बराबरी खेलेर ७ अंक बनाएको थियो। नेपालको समूहमा रहेको भुटानले पनि २ जित र १ बराबरी खेल्दै सातै अंक बनाएको थियो ।
0 प्रतिक्रिया
एआइको उपयोग गर्न जाने फाइदा लिन सकिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा सरकार लागि पर्ने बताएका छन् । […]
एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा बस्नु हुँदैन् : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै व्यक्ति समान उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नहुने बताएका छन् […]
गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत हुन् : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको बताएका छन् । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा […]
सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव
प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्रआवासीय नेपाली संघको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह […]
काठमाडौंमा ‘एनआरएन ग्लोबल कन्क्लेभ-२०२४’ सुरु, प्रधानमन्त्री ओलीले गरे उद्घाटन
गैरआवासीय नेपाली दिवसको अवसरमा आयोजना गरिएको ‘ग्लोबल कन्क्लेभ–२०२४’ तथा एनआरएनएको वार्षिक साधारणसभा आजबाट काठमाडौमा सुरु भएको छ । काठमाडौको सोल्टी […]