हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड

news-details

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले यो खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित सरकार विरुद्ध खबरदारी कार्यक्रममा उनले सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेकाले गम्भीर हुन चेतावनी दिएका हुन् ।

उनले भने, ‘सरकारले खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेको छ । म सरकारलाई गम्भीर रुपले लिन चुनौती दिन चाहन्छु । सरकारलाई हिजोको लापरवाही फेरि नदोहोरियोस भनेर खबरदारी पनि दिन चहान्छु । उद्धार, राहत र पुनस्थापनाको कामलाई जिम्मेवारीपूर्वक अगाडि बढाइयोस् ।’

यसको साथै, उनले हामीलाई जे चिन्ता लागेको थियो आज सय दिन पुग्दा नपुग्दै त्यो चिन्ता सरकार आफैंले पुष्टि गरेको बताए ।

उनले भने, ‘हामीलाई नयाँ सरकार बन्यो भनेर कुनै चिन्ता छैन् । तर यो सरकार के का लागि बन्यो र कसरी बन्यो भनेर हेर्दा यो सरकार सुशासनका विरुद्ध बन्यो, यो सरकार भ्रष्टाचारी बचाउन बन्यो र यो सरकार रातको अध्यारोमा आफ्नै पार्टी पङ्तीलाई समेत ढाँटेर षड्यन्त्रको तरिकाले बन्यो । सरकार दलालहरुका घर घरमा गएर रातको १२ बजे बन्यो, हाम्रो चिन्ता त्यहाँ छ भनेर मैले भनेको थिए । आज सय दिन पुग्दा नपुग्दै जे चिन्ता व्यक्त गरेका थियौं त्यो पुष्टि भएको छ, सरकार आफैले पुष्टि गरेको छ ।’

यस्तै, सरकार भ्रष्टाचारीहरुको रक्षाको लागि सुशासनका विपक्षमा विचौलियाहरुको पक्षमा लागेको भन्दै यो सरकार आफै गुहिएर झर्ने उनको भनाई छ ।

उनले भने, ‘तपाईहरु जसरी भ्रष्टाचारीहरुको रक्षाको लागि सुशासनका विपक्षमा विचौलियाहरुको पक्षमा जादैँ हुनुहुन्छ तपाईहरु आफै गुहिएर झर्नु हुनेछ हामीलाई दोष दिन पाउनु हुने छैन् । हामीले सरकार ढाल्नको लागि यो खबरदारी कार्यक्रम गरेको पनि होईन् । हामीलाई राम्रो तरिकाले थहा छ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *