नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबीच सहकार्य

news-details

नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्धनका लागि लोकप्रिय फ्री कलिङ तथा मेसेजिङ एप राकुटेन भाइबरसँग सम्झौता गरेको छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी र व्यवसाय विकास प्रबन्धक र राकुटेन भाइबरका लागि नेपालका देश प्रतिनिधि क्षितु रिसालले सहयोगका विषयमा सम्झौता गरेकी हुन् ।

बोर्डको आधिकारिक भाइबर प्लेटफर्मः नेपालनाउ बाइ एनटीभी अन्तर्गगत पर्यटन उद्योग, देशका पर्यटक र आम जनता र विश्वभरका नेपालीहरूबिच दैनिक सञ्चार र पर्यटन अद्यावधिकहरू सहित पर्यटन जानकारीको प्रसारको लागि सहयोगी हुने अपेक्षा गरिएको छ ।

च्यानललाई नेपालको विभिन्न भागमा रहेका पर्यटकीय गन्तव्य, नयाँ उत्पादन, प्याकेज, गतिविधि र अनुभवका बारेमा नवीनतम समाचार र अपडेटहरू आदान प्रदान गर्न पनि प्रयोग गरिनेछ । साझेदारीको अवधिमा पर्यटन प्रवर्द्धन अभियान र स्टिकर प्याकहरू पनि सञ्चालन गरिनेछ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख जोशीले भाइबरसँगको सहकायले नेपालको पर्यटन प्रवर्द्धन हुनेमा आशावादी रहेको बताए ।

‘भाइबर धेरै लोकप्रिय प्लेटफर्म हो । यसले नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा अझ बढि ब्रान्ड भिजिबिलिटी बनाउनुका साथै हाम्रा उत्पादन र अनुभवहरूलाई विविधीकरण गर्न मद्दत गर्नेछ भन्नेमा हामी सकारात्मक छौं । हामी पूरक र क्रस कटिङ सञ्चारका लागि ट्राभल ब्लगरहरू, सामग्री सिर्जनाकर्ताहरू, टुर अपरेटरहरू र यात्रुहरूको साथ एक गतिशील समूह सिर्जना गर्ने योजनामा छौं । डिजिटल एक्सचेन्ज र एआईको युगमा, हामीले हाम्रा दर्शकहरूलाई थप आकर्षक र व्यक्तिगत रूपमा पुग्न त्यस्ता लोकप्रिय च्यानलहरूको प्रयोग गर्नु महत्वपूर्ण हुनेछ,’ उनले भने ।

एपीएसी, राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले राकुटेन भाइबर विगत केही वर्षदेखि नेपालको पर्यटन उद्योगलाई सहयोग गर्न प्रतिबद्ध रहको बताए ।

उनले आफ्नो प्लेटफर्म मार्फत देशको आश्चर्यजनक परिदृश्य र अद्वितीय अनुभवहरू प्रदर्शन गर्ने लक्ष्य राख्ने धारणा राखे । राकुटेन भाइबर नेपाली उपभोक्ताहरु माझ सबैभन्दा रुचाइएको सञ्चार एप हो र हालै विगत छ महिनामा नेपालका छ वटा बिभिन्न सरकारी निकायहरुसंग साझेदारी गरेको भाइवरले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *