रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने
- कार्तिक १०, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ ।
बिहीबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको नेता मनिष झाले जानकारी दिए ।
नेता झाका अनुसार बस्ने केन्द्रीय समितिको बैठकले आन्दोलनका कार्यक्रमको स्वरुपबारे निर्णय गरेको छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका पार्टी सभापति रवि लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । तर, रास्वपाले सरकारले प्रतिशोध साँधेर सभापति लामिछानेलाई पक्राउ गरेको निष्कर्ष निकालेको छ ।
पक्राउ परेलगत्तै सडक आन्दोलनमा उत्रिएको रास्वपाले बिहीबारसम्म पोखरामा प्रदर्शन गरेको थियो । उसले आजबाट काठमाडौंमा प्रदर्शन सुरु गरेको छ ।
0 प्रतिक्रिया
नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबीच सहकार्य
नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्धनका लागि लोकप्रिय फ्री कलिङ तथा मेसेजिङ एप राकुटेन भाइबरसँग सम्झौता गरेको छ । नेपाल […]
‘अरुको पसलमा काम गर्दै सिप सिकेँ, अहिले त्यही सिपले काम दिएको छ’ : शंकर मिजार
नेपालीहरुको महान् पर्व बडादसैँ नजिकिएसँगै खसीबोकाको किनबेच सुरु भएको थियो । चाडपर्वमा हुने खर्च जुटाउन किसानले गाउँ–गाउँबाट बजार पु¥याएर खसीबोका […]
आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
वन तथा वातावरण मन्त्रालयको आयोजनामा आज ‘राष्ट्रिय जलवायु सम्मेलन’ हुने भएको छ । वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय […]
माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी
नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा आयोजना गर्दै छ । केपी शर्मा ओली सरकारको सय दिन असफल र भ्रटारचारीलाई […]
रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ । बिहीबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले […]