मौसम पूर्वानुमान : पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना

news-details

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव समेत रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आजराति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *