रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

news-details

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

यसअघिको ६ दिनको म्याद सकिएसँगै लामिछानेलाई आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *