सरकार ढल्ने दिवा सपना नदेख्न प्रधानमन्त्रीको आग्रह (पूर्णपाठसहित)

सय दिनमा सरकारले गरेको कामहरु प्रस्तुत, लक्ष्यको ७० प्रतिशत काम भएको प्रधानमन्त्रीको दावी
news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरेका छन् ।

सरकारको सय दिनको उलपब्धिबारेको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले काम गर्न नदिने उद्देश्यले सरकार ढल्छ भनेर गलत हैला फैलाइएको बताए ।

‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह फैलाउने गरिएको छ,’ उनले भने, ‘यी सरकारलाई काम गर्न नदिने उद्देश्यले चलाइएका हल्ला हुन् ।’

उनले सरकारले काम गर्न कर्मचारी प्रशासनको सहयोग चाहिने बताए ।

प्रधानमन्त्री ओलीले यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको बताएका छन । यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गर्न सक्ने उनले बताए ।

उनले २४ पेजमा आफ्नो सरकारले १०० दिनमा गरेका कार्यहरुको विवरण पेश गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *