गण्डकीको वन मन्त्रीमा काँग्रेसका पौडेल नियुक्त
- कार्तिक ५, २०८१
- 0
गण्डकी प्रदेशको वन मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त भएका छन् ।
लमजुङका पौडेललाई मुख्यमन्त्री सुरेन्द्रराज पौडेलले मन्त्री नियुक्त गरेका हुन् । स्वतन्त्र सांसद राजीव गुरुङले राजीनामा दिएपछि वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै सम्हाल्दै आएका थिए ।
नवनियुक्त मन्त्री पौडेल काँग्रेसका हुन् । उनी गगन थापा निकट मानिन्छन् ।