क्षतिग्रस्त बिपी राजमार्गमा यातायातको चाप

news-details

क्षतिग्रस्त वीपी राजमार्गको नेपालथोक–धुलिखेल सडकखण्डअन्तर्गत नेपालथोक–चौकीडाँडा सडकखण्डमा यातायातका साधनहरुको चापले जाम हुन थालेको छ ।

साँघुरो ट्रयाक सडकमा दशैं बिदाबाट राजधानी फर्कने यात्रु र सवारी साधनको चापले लामो जाम हुन थालेको छ । लामो जामले गर्दा सवारी साधनहरु समयमा गन्तव्यमा पुग्न सकेका छैनन ।

रोशी खोलाको बाढीले बिपी राजमार्गका विभिन्न स्थानमा क्षति पुर्‍याएका सडकमा सिंगल रुटमात्र सञ्चालनमा आउँदा समस्या भएको हो ।

बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्डको करिव १३ किलोमिटर सडक पूर्णरुपमा ध्वस्त भएको स्थानमा सिंगल लेनको सडक रोशीको बगरबाट सञ्चालन गरिएको छ ।

रोशीको बाढीले कटुन्जे, डाँडागाउदेखि नेपालथोकका दर्जनौं ठाउँमा नामोनिसान नराखी सडक क्षतिग्रस्त पारेको छ । सडक डिभिजन कार्यालयले रोशी बगरमा अस्थायी ट्रयाक खालेर यातायात सञ्चालन गरिएको छ ।

रोशीको बगरबाट बाटो सञ्चालन गर्दा पानी परेर रोशी बढेको खण्डमा बाटो तत्काल अवरूद्ध हुने अवस्था रहेको छ ।

संघीय राजधानीसँग पूर्वीृ पहाडी जिल्लाका साथै कोशी र मधेश प्रदेशलाई छोटो दुरीमै जोड्ने वैकल्पिक र महत्वपूर्ण मार्गका रूपमा बिपी राजमार्ग रहेको छ ।

पछिल्लो समय बिपी राजमार्ग राजधानीका लागि आवश्यक दूध, तरकारी, मासु लगायत कृषि उत्पादन आयात गराउने प्रमुख मार्गसमेत बनेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *