रवि लामिछानेलाई ६ दिन थुनामा राख्न अनुमति
- कार्तिक ४, २०८१
- 0
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शुक्रबार नै पोखरा लगिएको थियो ।
शनिबार सार्वजनिक बिदा भएकाले प्रहरीले आज अनुसन्धानका लागि म्याद लिनका लागि अदालत लगेको थियो ।