रवि लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति, रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली

news-details

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली रास्वपा पार्टी कार्यालय पुगेको छ।

जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएलगत्तै सीआईबीको टोली लामिछानेलाई पक्राउ गर्न रास्वपा कार्यालय पुगेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको कास्की प्रहरी स्रोतले जानकारी दिएको छ।

अदालतको अनुमतिपछि लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी कास्की लैजाने तयारी छ। पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेले जीबी राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो । सोही आधारमा कारबाही सिफारिससमेत गरिएको थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *