पहिलो टी-२० मा नेपालले अमेरिकालाई पराजित गर्‍यो

news-details

नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमै समेटियो ।

अमेरिकाका लागि शायन जहानगिरले अविवित ६० रन बनाउँदा आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनांक पटेल र आरोन जोन्सले तीन-तीन र सैतेजा मुक्कामल्ला २ रनमा आउट भए । हरमीत सिंह शून्य रनमै एलबीडब्ल्यु आउट भए ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले एक-एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले ४९ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले २८, ओपनर अनिल शाह र आसिफ शेखले समान २७-२७, गुल्शन झाले ११, कुशल भुर्तेलले १० र सोमपाल कामीले २ रन जोडे । करन केसी र आरिफ शेख शून्य रनमा आउट भए ।

अमेरिकाका हरम्रीत सिंहले २ विकेट, सौरभ नेत्रवालकरले २ विकेट, जसदीप सिंहले २ तथा अली खान र नोष्थुश केंजिगेले समान एक-एक विकेट लिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *