भारतको प्रतिष्ठित अवार्डद्धारा प्रोफेसर अली मियाँ सम्मानित

news-details

प्रोफेसर मोहम्मद रमजान अली मियाँ भारतको प्रतिष्ठित साहित्यिक अवार्डद्धारा सम्मानित भएका छन ।

भारतका पूर्व राष्ट्रपति डा. ए पि जे अब्दुल कलाम फाउन्डेसनद्वारा उनको ९३ औं जन्म जयन्तीको अवसरमा आयोजित अन्तर्राष्ट्रिय कवि सम्मेलन तथा अन्तर्राष्ट्रिय स्रष्टा सम्मान कार्यक्रमका अवसरमा प्रोफेसर मियाँलाई सो सम्मान प्रदान गरिएको हो ।

कतारस्थित राष्ट्रिय मानवअधिकार आयोगमा नेपाली समुदायका प्रतिनिधि रहेका प्रोफेसर मियाँलाई यस वर्षको अरबी साहित्य तथा समाजसेवा सम्मान पुरस्कार प्रदान गरिएको हो।

सो सम्मान हाउडाको ऐतिहासिक टाउन हलमा मेघालय संसद्का सभामुख थोमस ए साङ्गमाको हातबाट प्रदान गरिएको थियो ।

कार्यक्रममा पश्चिम बङ्गाल राज्यका भिन्न मन्त्रालयका मन्त्री तथा राज्य मन्त्री लगायत हाउडाका मेयर डा। रतिन चक्रवर्तीको उपस्थिति रहेको थियो ।

खाडी मुलुक कतारलाई कर्मथलो बनाएका मीया अहिले कतार फाउन्डेसन, यु एस इन्टर ग्लोबल युनिभर्सिटी लगायत विभिन्न शैक्षिक केन्द्रको परियोजनामा गैह्र अरबी भाषीलाई अरबी भाषा पढाउने र असिस्टेन्ट प्रोफेसरको रुपमा कार्यरत छन । उनी अहिले राष्ट्रिय मानव अधिकार आयोग कतारमा नेपाल संयोजक भएर काम गरिरहेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *